प्यूठान । नेकपा (एकीकृत समाजवादी) प्यूठानको सरुमारानी गाउपालिका वडा नं.५ राङभाङमा वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले कमिटीको अध्यावधिक गर्नुका साथै पार्टी सदस्य नवीकरण र बितरणसँगै जनताको जनजिविकाको सवालमा स्थानीय सरकार सँग समन्वय तथा सामाजिक जागरण तथा जनचेतनाको अभियान चलाउने निर्णय गरेको छ ।
भेला कमिटीका अध्यक्ष मनीकला सिंजालीमगरको अध्यक्षता, जिल्ला पार्टी अध्यक्ष भोजबिक्रम बुढामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रमेश सुनारको संचालन गरेको कार्यक्रममा यशोदा राना मगरले स्वागत मन्तव्य राखेकी थिइन्।
एकीकृत समाजवादी जिल्ला कमिटी प्यूठानका सचिवालय सदस्य तथा सरुमारानी गाउँपालिका वडा नं. ५ का वडा सदस्य गणेश सुनार, किशान महासंघ जिल्ला उपाध्यक्ष तथा सरुमारानी गाउपालिका वडा न. १ का वडा सदस्य दोर्णबहादुर धामीको मन्तव्य सहित कार्यक्रम सम्पन्न भएको छ ।