April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

हेलिकप्टर दुर्घटनामा युक्रेनी मन्त्रीसहित १६ जनाको मृत्यु

1.6K

एजेन्सी । युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृह मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि छन् । थप १५ जनाको अस्पतालमा उपचार भइरहेको छ।

घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको जनाइएको छ । दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण आउन सकेको छैन। दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन्।

Advertisement