April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विदेशमा रहेका नेपालीहरुले लगाउन थाले कोरोना भाइरसविरुद्धको खोप

4K

दोहा – विदेशमा रहेका नेपालीहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत नेपालीहरुले खोप लगाउन थालेका हुन् ।

हाल बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका नेपालीहरुले कोरोनाविरुद्धको खोप लगाइरहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार अहिलेसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन् ।

Advertisement

संघको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति भएको छैन । सापकोटाका अनुसार यो साता नाइजेरिया, इजिप्ट, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।