April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राजेन्द्र लिङ्देनद्धारा सांसदबाट राजीनामाको घोषणा

1.7K

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामाको घोषणा गरेका छन् । आइतबार संसदमा विशेष समय लिएर बोल्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

लिङ्देनले संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित तुल्याएको भन्दै राजीनामा घोषणा गरेका बताएका छन् । उनले आफ्नो नामको तलब भत्ता रोक्का गर्न भनेका छन् ।

उनले चुनावपछि पनि संसदको म्याद लम्ब्याउने काम अनैतिक भएको बताए । पाँच वर्षको कार्यकालमा नीतिगत रुपमा आफ्नो उपेक्षा गरिएको अनुभव भएको उनले बताए । सबै दलका सदस्यबाट स्नेह र सद्धभाव प्राप्त गरेको उनको भनाई छ ।

Advertisement