लन्डन । विजय हितानद्वारा रचित पर्यावरण गीत ‘शिशिर खेल्छ लुकामारीझ’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । वातावरण साहित्यकार हितानले विश्व वातावरण दिवसका अवसर पारेर आयोजना गरिएको सातौं वातावरण साहित्य गोष्ठी ५ जुनमा सम्पन्न भएको भर्चुअल कार्यक्रममा यो गीतलाई सार्वजनिक गरेका हुन् ।
गीतमा दीपा लामाको स्वर, संगीत थिर थापा मगर र संयोजन कुमार थापाको रहेको छ । भिडियोमा सारा मगर र रचनाकार हितानको अभिनय रहेको छ ।
म्यूजिक भिडियोका निर्देशक विश्वजित थापा हुन् । उनी फिल्म एन्ड मिडिया विषयमा केन्ट युनिभर्सिटीमा अध्यनरत छन् । भिडियोको सम्पूर्ण छायाङ्कन यूकेको सुन्दर सहर फोक्सटोन नजिकैको वारन कन्ट्रिपार्क, ह्वाइट क्लिफ र सामुन्द्रिक तटमा गरिएको छ ।
भिडियो विजय हितान युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।