बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिका–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडाध्यक्षसहित प्यानल नै विजयी बनेको छ ।
वडाध्यक्षमा राप्रपाका देवीबहादुर थापा तथा सदस्यमा कुलबहादुर बान्तवा, प्रकाशकुमार कार्की, महिला सदस्यमा शान्ता सिवाकोटी र दलित महिला सदस्यमा रुपादेवी रसाइली विजयी भएका हुन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको घर भएको उक्त वडामा अघिल्लो चुनावमा एमालेले जितेको थियो ।