April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलद्धारा पार्टी परित्याग

7.5K

काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् । आर्थिक विभाग प्रमुखको जिम्मेवारीमा समेत रहेका उनले अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै बुधबार राजीनामा पत्र बुझाएका हुन् ।

राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्यूँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए । थापाले उनलाई गत १८ फागुनमा उपाध्यक्ष मनोनीत गरेका थिए । उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

स्रोतका अनुसार राप्रपा नेपालले स्थानीय निर्वाचनमा एमालेसँग तालमेल गरेर अघि बढेपछि पौड्याल असन्तुष्ट भएका थिए । यसअघि संघीय संसद्को निर्वाचनमा राप्रपा, नेपालबाट समानुपातिक उम्मेदवार पनि रहेका पौडेल राप्रपा नेपालले राजतन्त्रको एजेन्डा त्यागेपछि असन्तुष्ट रहँदै आएका थिए ।

Advertisement