November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा जनवरीदेखि कोरोना खोप सुरु हुने सम्भावना

2.9K

नयाँदिल्ली–सिरम इन्सिच्युट अफ इण्डियाका प्रमुख अदार पूनावालाले भारतमा आगामी जनवरीदेखि कोरोना खोप अभियान सुरु हुनसक्ने बताएका छन्। 

उनले परीक्षण भइरहेका खोपलाई डिसेम्बरको अन्त्यसम्ममा आपतकालीन प्रयोगका लागि स्वीकृति प्राप्त हुनसक्ने समेत बताएका छन्।

इकोनोमिक टाइम्स ग्लोबल बिजनेस समिटमा पुनावालाले भारतमा सबै नागरिकलाई अक्टुबर २०२१ सम्म कोरोना खोप लगाइने र त्यसपछि जनजीवन सामान्य बन्ने बताए। 

Advertisement