April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

आदिवासी जनजाती साहित्यकार/लेखक महासंघ कोरियाको काव्ययात्रा–२०२१ सम्पन्न

3K

दक्षिण कोरिया । नेपाल आदिवासी जनजाती साहित्यकार÷लेखक महासंघ अन्तर्राष्ट्रिय समिति दक्षिण कोरियाको आयोजनामा “मातृभाषा काव्ययात्रा–२०२१” कार्यक्रम सम्पन्न भएको छ ।

हिजो मंसिर १९ गते साँझ ५ बजेदेखी ९ बजेसम्म अनलाईन माध्यम (श्ययm) बाट भर्चुवल रुपमा संचालित सो कार्यक्रममा करिव ५० जना मातृभाषी कविहरुले आ–आफ्नो मातृभाषामा कविता वाचन गरेका थिए ।

आदिवासी जनजाती समुदायका मातृभाषाहरुलाई साहित्यका माध्यमबाट संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा बोल्दै विशेष अतिथी मातृभाषा अध्येता अमृत योञ्जन तामाङले यस प्रकारको कार्यक्रमहरुले मातृभाषा र मातृभाषा साहित्यलाई महत्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गरे । उनले मातृभाषाप्रती बढिरहेको चासोप्रति खुसी व्यक्त गर्दै थपे, “लामो समयसम्म नेपाल एकलभाषी मुलुक रह्यो । एउटा मात्र भाषालाई सरकारी भाषाको मान्यता दिएर अन्य भाषाहरुमा लेखपढ गर्न समेत प्रतिबन्ध लगाईयो ।”

Advertisement

जम्मा १४ भाषामा वाचन गरिएका कविताहरुमा वाम्बुले भाषामा २ जना, बायुङ् भाषामा १ जना, सुनुवार/कोईच भाषामा २ जना, तामाङ भाषामा ६ जना, गुरुङ भाषामा ३ जना, धिमाल भाषामा ३ जना, थारु भाषामा ८ जना, माझी भाषामा १ जना, थुलुङ भाषामा १ जना, चाम्लिङ भाषामा ५ जना, याक्खा भाषामा १ जना, लिम्बू भाषामा ९ जना, मगर भाषामा ३ जना र नेपाल भाषामा ३ जना मातृभाषी कविहरुको कविता समेटिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल आदिवासी जनजाती साहित्यकार÷लेखक महासंघ केन्द्रीय कार्यसमितिका अध्यक्ष राजन मुकारुङले विविध मातृभाषाहरु नबुझिए पनि कविता मार्फत कविहरुले व्यक्त गर्न खोजेको अभिव्यक्ती बुझ्न सकिने रहेछ भन्ने कुराको महसुस भएको भन्दै हरेक मातृभाषाहरुका शब्दहरुले उत्पन्न गराउने झंकारले हामीलाई यो चाहिँ मेरो भाषाको झंकार हो भन्ने अनुभुत गराउने बिचार व्यक्त गरे। उनले हाम्रो मातृभाषाबाट नै आफ्नो पहिचान स्थापित हुने कुरामा जोड दिदै भने, “आफ्नो छुट्टै भाषा, सभ्यता, संस्कृति र इतिहास भएर पनि हामी नेपाली राजनितिको सिमान्तमा छौँ । त्यसैले हामी मूलप्रवाहमा समाहित हुन प्रयत्न गरिरहेका छौँ । मातृभाषामा हामिले हाम्रो साहित्य, कला, बिम्ब, प्रतिकलाई लेखिरहन जरुरी छ ।”

करिव ४ घन्टा लामो समय संचालित कार्यक्रममा नेपाल लगायत, साउदी अरब, मलेसिया, हङकङ, दक्षिण कोरिया, जापान, युके लगायतका मुलुकबाट मातृभाषी कविहरुको सहभागिता रहेको थियो । सोनाम ह्योल्मो र दिलिप बान्तावाद्धारा संयुक रुपमा संचालित कार्यक्रमको अध्यक्षता समितिका संयोजक पराजित पोमुले गरेका थिए । संयोजक पोमुका अनुसार कार्यक्रममा वाचन गरिएका सम्पूर्ण मातृभाषाका कविताहरुलाई तिनको नेपाली रुपान्तरण सहित पुस्तकका रुपमा कविता संग्रह प्रकाशन गरिनेछ ।