April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

जिबिएलओको साहित्यिक संगोष्ठी भव्यताकासाथ सम्पन्न

2.9K

नेब्रास्का। विश्व भुटानी साहित्य सङ्गठन (जिबिएलओ) को बृहत् साहित्यिक संगोष्ठी नेब्रास्का २०२१ भव्यतासाथ सम्पन्न भएको छ । गत नोमेम्बर २० मा अमेरीकाको ओमाहास्थित नेब्रास्कामा दुई दिनसम्म चलेको सो साहित्यिक तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको जिबिएलओका अध्यक्ष कर्ण गुरुङले जानकारी दिएका हुन् ।

नेपाली भाषा साहित्यलाई उजागर गर्न र प्रवद्र्धन गर्न यस्ता कार्यक्रमहरुले अझ धेरै योगदान दिने गुरुङको भनाइ छ । जिबिएलओले नेपाली भाषा, साहित्यको उन्नति र विकाशका लागि विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई एउटै थलोमा सहभागी गराउने प्रयासस्वरूप कार्यक्रम गरेको उनले दावी गरे ।

नेपाली भाषाीहरुलाई एकताको सुत्रमा बाध्न र नेपाली भाषा, साहित्य, संस्कृतिको जगेर्नाका लागि थालिएको प्रयासले तेस्रो मुलुकहरुका बसोबास गर्ने नेपाली भाषी बालबालीकाहरुलाई नेपाली भाषा र संकृतिको बारेमा ज्ञान प्रदान गर्ने उद्देश्यले जिबिएलओको नेतृत्वमा भाषा कक्षा समेत सञ्चालन गरिँदै आएको छ ।

Advertisement

संगोष्ठी कार्यक्रमको पहिलो सत्रको कार्यक्रममा विभिन्न राज्यबाट सहभागी स्रष्टा र कलाकारहरूलाई भव्य स्वागत गरिएको जिबिएलओले जनाएको छ ।

कर्ण गरुङको सभापतित्वमा सम्पन्न कार्यक्रम कमल धिमालले सञ्चालन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि डा. टंकप्रसाद न्यौपानेले यस्तो कार्यक्रम नेपालमा पनि बिरलै हुने बताए । ‘परदेशमा बसेर पनि नेपाली भाषा प्रतिको मोह देखेर मन हर्षले गदगद भएको छ,’ उनले भने ।

कार्यक्रममा गंगाराम लामीटारे, शीवलाल दाहाल, टंक आचार्य, राज बराल, धर्मेन्द्र तिम्सिना, अर्जुन रसाईली, आर बी खड्का, पूर्ण नर्जाली, अभिनाष भट्टराई, र अन्य धेरै स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा यूनाईटेड बुद्धिस्ट गुरुङ सोसाइटी अफ अमेरीकाका अध्यक्ष दुर्गा गुरुङ र युनाईटेड गुरुङ सोसाइटी अफ अमेरीकाका उपाध्यक्ष एन बी गुरुङको पनि उपस्थिति रहेको थियो ।

जिबिएलओका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले कार्यक्रम अति नै महत्वपूर्ण र फलदायक रहेको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा पातलो अन्तरेकृत ‘अनुहारभित्रको ऐना कविता संग्रहको विमोचन गरिएको थियो । त्यसैगरी क्रमशः अध्यक्ष कर्ण गुरूङको ‘कर्म, नेत्र आचार्यको ‘पैतालामा जीवन र मिश्रित सफर, अबि न्यौपानेको ‘ईश्वरको खोजीमा म, साथै पन्चमान गुरूङको ३ वटा कृति ‘गुरूङ जातिको पहिचान र धर्म, ‘गुरूङ संस्कार र धर्म, ‘मृत्यु संस्कार पनि सार्वजनिकरण भएको छ ।
त्यसका साथै बालगीत विमोचन, कार्यशाला, गोष्ठी, श्रष्टा परिचय, श्रष्टा भ्रमण र सात्यिक तथा सांगितक साँझ भब्य र सभ्य रूपमा सम्पन्न भएको जिबिएलओले जनाएको हो ।

दोस्रो सत्रको कार्यक्रम भने विशेष रूपमा साहित्यिक र सांगीतिक रहेको थियो । उक्त कार्यक्रममा विभिन्न स्रष्टाहरूको रचना वाचन र गायक यस कुमार, गायिका जुना प्रसाईं, गायक अर्जुन रसाईली, द भ्वाइस् नेपाल ३ का विजेता किरण गजमेरलगायतले आ–आफ्नो प्रस्तुति राखेका थिए । स्थानीय कलाकार हरी गजमेर, ख्याम अधिकारी, कृशा गुरुङ र अन्य कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रममा ‘आशा नामक नाटक पनि मन्चन भएको थियो । त्यस नाटकलाई लेखन तथा निर्देशन अबी न्यौपानेले गरेका थिए भने पटकथा सम्वाद भने ख्याम अधिकारीको रहेको थियो ।

कोभिड संक्रमणको जोखिम न्यूनीकरण भएसँगै भौतिक रूपमा विभिन्न देश र अमेरिकाको विभिन्न राज्यका सहभागी सम्मिलित गोष्ठी लाभदायक र उत्साहप्रद रहेको जिबिएलओले जनाएको छ ।