लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को अधिवेशन एक हप्ता पर सरेको छ । समितिको गत नोभेम्बर ७ मा बसेको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो ।
“यसअघि हामीले नोभेम्बर १३ अधिवेशन गर्ने भनेको भएपनि तयारी पुरा गर्न केही बाँकी रहेकोले हामीले अधिवेशन एक हप्ता पछि सारेका छौं”, एनपीसीसी यूकेका महामन्त्री केशव भण्डारीले नेपाल मामिलालाई बताए ।
उनका अनुसार जनसम्पर्क समिति बेलायतको निर्धारित पाँचौं अधिवेशन आगामी नाभेम्बर २१ मा हुने भएको छ । तर अधिवेशन स्थल बारे अधिवेशन आयोजना समितिले केही दिनमा निर्णय गरी सार्वजनिक गर्नेछ ।
बैठकले सभापति युवराज गुरुङलाई उनकै संयोजकत्वमा एक अधिवेशन आयोजना समिति निर्माण गर्न जिम्मेवारी दिएको छ ।
यसअघिको बैठकले डा. सम्पूर्णानन्द ढुंगानाको संयोजनमा निर्वाचन समिति र शिवजी श्रेष्ठको संयोजनमा विधान समिति निर्माण गरिसकेको छ ।