November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

ओलीको अडान : प्रचण्डको प्रस्ताव फिर्ता नभई बैठकमा आउँदिनँ, ओलीले पठाएको पत्र [पूर्णपाठ]

6.4K

काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नआउने अडान लिएका छन्।

केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार बसेको स्थायी कमिटी बैठकमा एक पत्र पठाउँदै ओलीले पुरानै अडान दोहोर्‍याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

‘आजको बैठकमा सबैभन्दा पहिले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनु भएको पत्र स्थायी कमिटी सदस्य ईश्‍वर पोखरेलले पढेर सुनाउनुभयो’, प्रवक्ता श्रेष्ठले भने, ‘पत्रमा प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डद्वारा पेश राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नआउने अडान दोहोर्‍याउनु भएको छ।’

Advertisement

ओलीले शनिबार बसेको सचिवालय बैठकमा पनि आफू आज बस्‍ने बैठकमा आउन नसक्ने जनाऊ दिएका थिए। त्यहाँ पनि उनले प्रचण्डको प्रस्तावमाथि प्रश्‍न उठाउँदै त्यसलाई फिर्ता गरेर थप छलफल गर्न सकिने बताएका थिए।