November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

धुम्बाराहीमा स्थायी कमिटी बैठक सुरू, गएनन् प्रधानमन्त्री ओली

2.8K

काठमाडौं – कार्यसूचीबिनाको बैठकमा सहभागी नहुने अडान प्रधामन्त्री केपी शर्मा ओलीले लिएका छन्। कडा सुरक्षाबीच नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएका हुन्।

बालुवाटार स्रोतका अनुसार उनले कार्यसूचीबिनाको बैठकमा उपस्थित नहुने जानकारी पठाइसकेका छन्। केही दिनअघि धुम्बाराहीमा राख्‍ने भनिएको सचिवालय बैठक सुरक्षा थ्रेट भन्दै बालुवाटार सारिएको थियो।

ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु भएको हो। नेकपाले यसअघि दुई अध्यक्षको सहमतिमा मात्रै बैठक डाक्ने र निर्णय गर्ने उल्लेख थियो।

Advertisement

ओलीले बैठकमा नआउने जानकारी दिँदै पहिले कार्यसूची तयार गर्न आग्रह गरेका छन्। कार्यसूची तयार भएपछि मात्रै आफू बैठकमा आउने जनाऊ उनले धुम्बाराहीमा दिएका छन्।

यसअघि शनिबार बसेको सचिवालय बैठकमा पनि एजेन्डाबिनाको बैठकमा आफू उपस्थित नहुने बताएका थिए। उनले केही दिन छलफल गरेर मात्रै बैठक अघि बढाउनुपर्ने अडान लिएका थिए।