November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौँ उपत्यकामा थपिए ५६१ कोरोना संक्रमित

2.5K

काठमाडौँ–  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५६१जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २५० महिला र ३११ पुरुष गरी ५६१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १३ सय ४३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभरै थपिएका १३ सय ४३ सहित संक्रमितको संख्या २ लाख ३७ हजार ४८९ पुगेको छ।

Advertisement

१५ हजार ७६६ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार बिहीबार २१ सय ११ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ।

यस्तै आज कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ५१ पुगेको छ। देशभर क्वारेन्टिनमा ५७६ जना र आइसोलेसनमा १५ हजार ७६६ जनाको रहेका छन्।