November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

डुअर्स आइडल उमेश क्षेत्री भ्वाइस अफ नेपाल सीजन ३ बाट बाहिरिए

12.5K

‘भ्वाइस अफ नेपाल सिजन ३’ को आज भएको प्रतियोगिताबाट एक भारतीय प्रतिस्पर्धी उमेश क्षेत्री बाहिरिएका छन् । भारतको डुअर्सबाट प्रतियोगितामा भाग लिन नेपाल आएका नेपालीभाषी उमेश डुअर्स आइडल च्याम्पियन समेत हुन ।

उमेशले आफ्नो कोच दीप समूहकै प्रतिद्धन्दी प्रिया गुरुङसंग प्रविन बेडवल र समीक्षा अधिकारीको “नबोले नबोले तिमीसित नबोले” बोलको युगल गीतमा प्रतिस्पर्धा गरे । तर उक्त गीत नेपालको पश्चिमी भाकाको हुनाले उमेशलाई भन्दा प्रियालाई भाखा टिप्न सजिलो परेको थियो । प्रस्तुतिपछि कोच दीपले प्रियालाई अर्को चरणका लागि लिएपछि उमेश क्षेत्री यस पटकको प्रतियोगिताबाट बाहिरिने तेस्रो भारतीय बनेका छन् ।

भारतमा ‘डुअर्स आइडल’ का बिजेता उमेश क्षेत्री ‘भ्वाइस अफ नेपाल’ मा भने ब्याटल राउण्ड पार गर्न सकेनन्

आज भएको अर्को प्रतियोगितामा टीम तृष्णाबाट सुमन नेपाली र सुरक्षा मल्लले चलचित्र गाजलूको गीत “तिमी आयौ नयनको मझेरी” बोलको गीतमा आ-आफ्नो प्रतिभा प्रदर्शन गरे । प्रस्तुतिपछि कोच प्रमोदले सुरक्षालाई र कोच दीपले सुमनलाई छाने पनि कोच राजु भने न्युट्रल रहे । तर कोच तृष्णाले आफ्नो समूहबाट सुरक्षालाई लिएपछि सुमन अर्को चरणमा जान पाएनन् ।

Advertisement

उता टीम राजुबाट भने आज कपिल पुन र बिजय थापा मगर सबिन राईको “दिन र रात” बोलको गीतमा भिडे । दुबैले उत्तिकै राम्रो गरेको भएपनि कोच राजुले “आजको पर्फर्मेन्सको आधारमा” भन्दै बिजय थापा मगरलाई अर्को चरणको लागि छानेपछि कपिल पुनले पनि आज भ्वाइस अफ नेपाल छोड्नु पर्यो ।

टीम राजुका प्रतिस्पर्धीहरु कपिल पुन र बिजय थापा मगर

आज भएको चौथो तथा अन्तिम प्रतिस्पर्धामा टीम प्रमोदबाट सुरक्षा सिन्चुरी र यस पटकको च्याम्पियन बन्ने बलियो सम्भावनाको रुपमा लिइएका किरण गजमेरले चलचित्रका बर पिपलबाट आनन्द कार्की र सुनिता सुब्बाले गाएको युगल गीत “जनम जनम ज्युँला संगै” गीतमा प्रतिस्पर्धा गरे । दर्शक दिर्घाबाट वाह! वाह! को आवाज सुनिसकेपछि चारै जना कोचहरुले उनीहरुको प्रस्तुतिलाई म्युजिक भिडियो स्तरको भनी खुब तारिफ गरे ।

भुटानी मूलका अमेरिकी किरण गजमेरलाई यस पटकको भ्वाइस अफ नेपालको बलिया प्रतिस्पर्धीहरुमध्येका एक मानिन्छन्

कोच प्रमोदले आफ्नो टीमबाट अमेरिकाबाट भ्वाइस अफ नेपाल च्याम्पियन बन्ने सपना लिएर नेपाल आएका किरण गजमेरलाई लिएका छन् । तर टीम प्रमोदबाट सुरक्षा सिन्चुरी बाहिरिए पनि उनलाई कोच तृष्णाले आफ्नो टीममा लिएकी छिन् ।

प्रतियोगिताको १६औं श्रृङखलामा शनिवार पनि चार वटा टीमबाट आठ जना प्रतिस्पर्धीहरु भाग लिंदैछन् ।

पुरा भिडियोको लागि युट्युब लिंक: