November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

को हुन् ‘द भ्वाइस अफ नेपाल’को होस्ट

6.1K

काठमाडौं – धेरैलाई थाहा नहुन सक्छ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सिजन १ देखि सिजन ३ सम्म होस्टका रुपमा काम गर्ने व्यक्ति को हुन् ?

आउनुहोस् आज हामी उहाँको बारेमा चर्चा गरौँः

‘द भ्वाइस अफ नेपाल’को होस्टका रुपमा काम गर्ने व्यक्ति हुन सुशिल नेपाल । उनको जन्म वि.सं. २०३५ कार्तिक २१ गते भएको थियो । नेपाल नेपाली नागरिक हुने भने उनले मान्ने धर्म हिन्दु हो ।

Advertisement

उनको पेशा र व्यवसायको कुरा गर्दा उनी उद्घोषक, एङकरर र प्रोडियुसर हुन् । उनको शारीरिक वनावट ५ फिट ८ इन्च, कपालको कलर खैरो र आँखाको कलर कालो रहेको छ ।

उनले मास्टर डिग्री पास गरिसकेका छन् । स्कुल तहको पढाई कान्तिपुर इङंलिश उच्च माध्यामिक विद्यालयमा पढेका थिए भने कलेज तहको पढाई पिपुल्स क्याम्पस काठमाण्डौँमा पढेका थिए । नेपालले जुलिशा वाग्लेसँग प्रेम विवाह गरेका हुन र उनको एउटा छोरी पनि छन् ।

उनले आफ्नो जिवनकालमा विभिन्न टेलिभिजनमा काम गरिसकेका छन् । नेपाल आईडियलमा होस्टको रुपमा काम गरेपछि चर्चामा रहेका नेपाल पछिल्लो समय ‘द भ्वाइस अफ नेपाल’ को सिजन १ देखि ३ सम्म होस्टको रुपमा काम गर्दा दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

उनले नेपाल टेलिभिजनमा प्रोडियुसर, होस्टिङ र विभिन्न रेडियोहरुमा उद्घोषक सँगै आर.जे. को रुपमा पनि काम गरेका छन् ।
उनलाई मनपर्ने खाना चिकेन चिल्ली र बफ चिल्ली हो । साथै मनपर्ने ठाउँमा पोखरा, अमेरिका र अष्ट्रेलिया हो भने मनपर्ने कलाकारमा धुर्मुस (सिताराम कट्टेल), निरुता सिंह र गौरी मल्ल हुन ।

उनलाई मनपर्ने गायकमा प्रमोद खरेल र दिप श्रेष्ठ हुन र मन पर्ने पत्रकारमा रवि लामिछाने पर्छन् । उनलाई गाउन, नाच्न र घुमफिर गर्न मन पर्छ । साथै उनको मासिक आम्दिानी १ लाख देखि दुई लाखसम्म हुने गरेको छ ।