April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

टिकटकविरुद्ध मुद्दा दर्ताको तयारी

2.3K

काठमाडौं–चिनियाँ शर्ट भिडियो सेयरिङ एप टिकटकमाथि मुद्दा दर्ता हुने भएको छ ।

बालबालिकाको डेटा संकलन र प्रयोग कम्पनीले कसरी गर्छ भन्ने विषयमा बेलायतकी पूर्व बाल आयोगकी आयुक्त एनी लङ्गफिल्डले टिकटकमाथि मुद्दा दायर गर्ने तयारी गरेको सञ्चतारमाध्यमले जनाएका छन्।

बेलायत र युरोपेली संघ (ईयू) आबद्ध देशका बालबालिकाहरुको तर्फबाट मुद्दा दायर गर्न लागिएको बताइएको छ। टिकटकले फोन नम्बर, भिडियो, लोकेशन र बायोमेट्रिक डेटाजस्ता व्यक्तिगत सूचना लिने गरेको आरोप वकिलहरुको छ ।

Advertisement

यदि मुद्दाको पक्षमा फैसला भएमा प्रभावित बालबालिकाले हजारौं डलर क्षतिपूर्ति पाउनेछन्। मुद्दा दर्ता भएमा त्यसविरुद्ध लड्ने टिकटकले बताएको छ।

टिकटकले भने गोपनियता र सुरक्षा आफ्नो शीर्ष प्राथमिकता भएको बताउँदै  प्रयोगकर्ताको  ड्टा सुरक्षित राख्न आफूहरुले बलियो नीति, प्रक्रिया र प्रविधि कार्यान्वयन गरेको जनाएको छ।