November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कात्तिकमा बागमतीमा बिके १४ हजार मोटरसाइकल

3.2K

काठमाडौं-दसैंतिहारलगायत चाडपर्वका कारण दुईपांग्रे सवारीको बिक्री उत्साहजनक देखिएको छ। बागमती प्रदेशअन्तर्गत काठमाडौंको सतुंगलमा रहेको यातायात व्यवस्था कार्यालयमा कात्तिकमा मात्र १४ हजार ७ सय ३३ वटा मोटरसाइकल  दर्ता भएको तथ्यांक छ।

चालु आर्थिक वर्षको ४ महिनामा सतुंगलस्थित मोटरसाइकल कार्यालयले ३८ हजार १ सय ७२ वटा मोटरसाइकल दर्ता गरेको जनाएको छ। गत चैतदेखि कोरोना भाइरसको महामारीका कारण असारसम्म दुईपांग्रे तथा चारपाँग्रे सवारी बिक्री ठप्प थियो। सरकारले असारदेखि लकडाउन केही खुकुलो बनाउँदै लगेपछि दुईपांग्रे सवारीको बिक्री भने बढेको थियो। 

साउनमा सतुंगलमा रहेको बागमती प्रदेश यातायात व्यवस्था कार्यालय मोटरसाइकलले ५ हजार २ सय ५०, भदौमा ३ हजार ४ सय ६९, असोजमा १४ हजार ७ सय २० र कात्तिकमा १४ हजार ७ सय ३३ वटा मोटरसाइकल दर्ता गरेको तथ्यांक छ।

Advertisement

लकडाउन खुकुलोे हुँदै गएपछि सार्वजनिक सवारीका प्रयोगकर्ताले समेत निजी सवारीलाई प्राथमिकता दिएकाले दुईपांग्रे सवारीको बिक्री बढेको मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेताहरुको भनाइ छ। साउनमा विगतमा जत्तिकै बिक्री भएका मोटरसाइकल तथा स्कुटर भदौमा भने बिक्री कम भएको तथ्यांक छ। 

तर असोज तथा कात्तिकमा भने चाडपर्व परेकाले बिक्री उल्लेख्य रुपमा बढेको हो। हरेक वर्ष सवारी बिक्रेताहरुले चाडपर्वलाई लक्षित गरेर किन्नेका लागि नगद छुटसहित अन्य विभिन्न स्किमहरु ल्याउने गरेका छन्।