April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

यस्ता छन् गाँजा खानुका फाइदा र बेफाइदा

२०७७ फाल्गुन २७

3.2K

काठमाडौं – आज महाशिवरात्रि । विशेष गरेर आजको दिनलाई भगवान शिवको प्रसादको रुपमा गाँजा सेवन गर्ने प्रचलन रहेको छ ।

शिवरात्रिमा शिवको प्रसादका रूपमा गाँजालाई लिइने परम्परा पहिलेदेखि नै छ। गाँजालाई चेतनाको फरक अनुभूतिका निम्ति प्रयोग गर्ने गरेको पाइन्छ। दिमाग शान्त र पीडारहित पार्ने माध्यमका रूपमा पनि गाँजा प्रयोग भइरहेको देखिन्छ।

कुनै समय लागुऔषधका रूपमा लिइने गाँजा बैज्ञानिकले यसको फाइदा पुष्टि गरेसँगै पछिल्लो समय वैधानिक बन्दै गएको छ ।गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन् । खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ ।

Advertisement

फाइदा
१.निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजाको औषधि प्रयोग गरिन्छ ।
२.गाँजाले खानेकुरामा रुचि बढाउँछ। एचआईभी एड्स लागेकाहरूलाई खानाको रुचि कम हुन्छ, उनीहरूलाई खानाको रुचि बढाउन पनि गाँजा सहयोगी हुन्छ भन्ने धारणा छ।
३.मानसिक र डिप्रेसनका बिरामीलाई यसैबाट बनेको ‘मोदनानन्द मोदक’ दिइन्छ

४.क्यान्सरमा किमोथेरापीपछि हुने वान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यतता रहिआएको छ।
५.कम समयलाई लामो समय महसुस गराउँछ।

बेफाइदा

१.लामो समयसम्म प्रयोग गर्दा मस्तिष्कमा नकारात्मक असर पर्ने गर्छ ।
२.यसको प्रयोग निरन्तर गरेमा तौल कम हुन्छ।
३.गाँजा सेवन गर्ने व्यक्ति कडा डिप्रेसनको सिकार बन्ने सम्भावना बढी हुने गर्छ ।
४.गाँजा सेवनले मुटुको चाल बिगार्छ, रक्तचापमा उतारचढाव ल्याउँछ र हृदयाघातसम्म गराउँछ ।