काठमाडौं । पश्चिम नवलपरासीमा पैदल हिंडिरहेका चार जनालाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
आइतबार बिहान पौने ६ बजे रामग्राम नगरपालिका १ निलागेटमा पैदल हिंडिरहेका चार जनालाई लु २ ख ४०५५ नम्बरको बसले एकैसाथ ठक्कर दिँदा रामग्राम नगरपालिका ३ परासीकी ३५ वर्षीया कमला रेग्मीको मृत्यु भएको हो । ठक्करबाट घाइते भएको उनको परासीस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अन्य तीन जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।