कांग्रेस बैठकले गर्यो स्थानीय तह निर्वाचन घोषणापत्र पारित
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले परिमार्जनसहित निर्वाचन घोषणापत्र पारित गर्ने निर्णय गरेको छ। ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आज (बुधबार) बसेको बैठकले महामन्त्री गगन थापा संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिले बनाएको मस्यौदालाई केही परिमार्जनसहित पारित गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। गठबन्धनभित्र भएको चुनावी तालमेलको बारेमा पनि समितिका सदस्यहरुलाई जानकारी गराइएको उनले...