November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संविधान जोगाउन गठबन्धन आवश्यक : प्रकाशमान सिंह

2K

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तीनवटै तहको निर्वाचनमा पाँचदलीय गठबन्धन कायमै राखेर जानुपर्ने बताएका छन्। संविधान जोगाउनका लागि पाँचदलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको उनको दाबी छ।

पनि संघ, प्रदेश र स्थानीय तहको चुनावसम्म गठबन्धन कायमै राखेर अघि बढ्नुपर्ने कांग्रेस नेता सिंहको भनाइ छ। शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचन जित्ने हो भने सिंगो पार्टी पंक्ति एकताबद्ध हुनुपर्ने आवश्यकता पनि औंल्याए। निर्वाचनमा जाँदा कम्युनिष्टहरूले मौका पाउँदाखेरी त्यसलाई सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने नेता सिंहले बताए।

उनले भने, ‘कम्युनिष्टलाई मौका दिँदाखेरी त्यो मौकाको कम्युनिष्टहरूले सदुपयोग गर्नै सकेन। चार चार पटक कम्युनिष्ट नेताहरु प्रधानमन्त्री बने तर पहिलो संविधानसभाबाट संविधान जारी भएन। जनताले म्यान्डेट दिँदा काम गर्न नसक्ने कम्युनिष्टहरू नै हुन्।’

Advertisement

कांग्रेस नेता सिंहले ओली नेतृत्वको सरकारले संविधानमाथि नै प्रहार गर्न थालेपछि पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिनका लागि आफूहरूले अग्रसर गराएको पनि बताए।