November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत ३० गते बस्ने

1.4K

काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत ३० गते डाकेको छ। ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा ३० गते बुधबार दिउँसो समितिको बैठक बस्ने तय भएको छ। 

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी घोषणापत्रलाई अन्तिम रुप दिनेछ। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज समितिको बैठकबारे सूचना जारी गरेका हुन्। सूचनामा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बुधबारको बैठकमा उपस्थित हुन आग्रह गरिएको छ।

Advertisement