इन्डियन प्रिमियर लिग: हैदरावादलाई आठ विकेटले हराउदै बेंगलोर प्लेअफ नजिक
हैदरावाद । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइज हैदरावादलाई आठ विकेटले पराजित गरेको छ । बिहीबार भएको खेलमा विराट कोहलीको शतकको मदतले बेंगलोरले जित निकालेको हो । यो जितसँगै बेंगलोर प्लेअफ नजिक पुगेको छ । आफ्नो अन्तिम खेलमा बेंगलोरले गुजरात टाइटन्सलाई हराएमा उसको प्लेअफ यात्रा लगभग निश्चित हुनेछ । जितका लागि १ सय ८७...