काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गरेको गाडी स्थानीयवासीले बाटैमा रोके
काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गरेको गाडी स्थानीयवासीले रोकेका छन् । स्थानीयले गाडीलाई अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महानगरबाट करिब ६० गाडी फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गर्दा स्थानीयले रोकेपछि गाडी बाटोमै लाम लागेको छ । काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने...