November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र काठमाडौंका मेयर बालेन साहबीच भेटवार्ता

3.2K

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र काठमाडौं महानगरपालिकाको मेयर बालेन साहबीच भेटवार्ता भएको छ। शनिबार मेयर साह मुख्यमन्त्री पाण्डेलाई भेट्न उनकै निवास स्वयम्भू पुगेका थिए ।

मुख्यमन्त्री पाण्डेसँगको भेटमा मेयर साहले फोहोर व्यवस्थापनको लागि आवश्यक सहयोग गर्न आग्रह गरेको जनाइएको छ । मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापन गर्न चुनौती रहेको भन्दै सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए।

यस्तै, मुख्यमन्त्री पाण्डेले मेयर साहलाई दीर्घकालीन व्यवस्थापन र अल्पकालीन व्यवस्थापनको विषयमा जानकारी गराउदै काठमाडौं महानगरमा गर्ने हरेक सकारात्मक कार्यमा आफू सदैव सहयोग गर्न तयार रहेको बताएका थिए।

Advertisement

यस्तै आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।