November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

स्पेनिस ला लिगा फुटबल: रियल मड्रिडको जित

3.2K

काठमाडौं–डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा रियल मड्रिडले अलाभेसलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम अलाभेसविरुद्ध जित निकाल्ने क्रममा रियलका करिम बेन्जिमाले दुई गोल गरे। त्यस्तै, कासिमिरो र इडेन हर्जाडले १–१ गोल थपे। यता, अलाभेसका लागि जोसुलुले गोल फर्काए। खेलको १५ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। ४१ औं मिनेटमा बेन्जिमा र पहिलो हाफको अतिरिक्त समयमा हजार्डले गोल गर्दा पहिलो हाफसम्म नै रियलले ३–० गोलको अग्रता बनायो।

जोसुलुले ५९ औं मिनेटमा गोल गर्दै अलाभेसलाई ३–१ गोलको स्थितिमा ल्याए। तर ७० औं मिनेटमा बेन्जिमाले अर्को गोल थप्र्दै रियललाई ४–१ गोलको जित दिलाएका हुन्। शनिबार राति नै भएको खेलमा सेभियाले काडिजलाई ३–० गोलले पराजित गर्दा रियल सोसिडाड र रियल बेटिसले भने २–२ गोलको बराबरी खेलेका छन्।

Advertisement