November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एपिएफको जितमा साम्बाको ह्याट्रिक

2.5K

काठमाडौं: राष्ट्रिय महिला लिग फुटबलमा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ। एपिएफले बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ६-० गोलले पराजित गरेको हो।

एपिएफको जितमा सावित्रा भण्डारी (साम्बा)ले ह्याट्रिक गरे। उनले खेलको १४, ६२ र ७२ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेकी थिइन्। एपिएफका लागि थप गोल अन्जली योञ्जनले २२ मिनेट, कप्तान अनिता बस्नेतले ६४ मिनेट र प्रिति राईले ८९ मिनेटमा गरिन् ।

यसअघि बुधबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका थिए । पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी छन् । जसमा तीन विभागीय टिम र चार स्थानीय तहका टिम प्रतिस्पर्धामा उत्रनेछन् ।

Advertisement

नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।