March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

नेपाल काभा भलिबल नेसन्स लिगको फाइनलमा

23.3K

काठमाडौं । नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मङ्गलवार भएको दोस्रो सेमिफाइनल खेलमा इरानमाथि ३–० सेटमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो ।

अब नेपालले उपाधिको लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतले आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकामाथि ३–० सेटमा जित निकालेको थियो ।

यसअघि नेपालले समूह चरणमा भारतमाथि ३–२ को जित निकालेको थियो। सो जित नेपाली महिला भलिबलले भारतविरुद्ध हात पारेको पहिलो जित थियो।

Advertisement