November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

लिओनल मेसीलाई दुई खेल प्रतिबन्ध

2.5K

काठमाडौं: स्पेनिस महारथी क्लब बार्सिलोनाका कप्तान लिओलन मेसीलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । स्पेनिस सुपर कपअन्तर्गत आइतबार भएको एथ्लेटिक क्लबविरुद्धको उपाधि भिडन्तमा मेसीले रातो कार्ड पाएका थिए ।

थप समयमा धकेलिएको खेलमा बार्सिलोना ३-२ गोल पराजित हुँदा उपाधिबाट बिमुख भएको थियो । बार्सिलोनाले दुई पटक अग्रता लिए पनि जोगाउन सकेको थिएन ।

थप समयको अन्तिम मिनेटमा मेसीले एथ्लेटिकका एसियर भिल्लालिब्रेलाई तानेका थिए । त्यसपछि भिएआर रिभ्यू हेर्दै रेफ्रीले मेसीलाई सिधा रातो कार्ड देखाएका थिए।

Advertisement

सो रातो कार्ड मेसीले बार्सिलोनाको करिअरमा पाएको पहिलो रातो कार्ड हो । ३३ वर्षीय अर्जेन्टाइन फरवार्ड मेसीले बार्सिलोनाबाट ७५२ खेल खेल्दासम्म रातो कार्ड पाएका थिएनन् ।

खेलमा मेसीले जानाजान एथ्लेटिकका खेलाडीलाई तानेको विषयमा अनुसन्धान गर्दै स्पेनिस फुटबल फेडेरेसनको अनुसासन समितिले २ खेलको प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्ध लगाएपछि बार्सिलोनाले अपिल गर्ने भएको छ। मेसीले खेलको दौरान हिंसात्मक व्यवहारु देखाएको विषयमा अनुन्धान भएको थियो। दोषी ठहर भए २ देखि ३ खेलसम्म प्रतिबन्ध लगाउन सकिने नियम छ।

दुई खेल प्रतिबन्ध लगाएसँगै मेसीले बिहीबार कोपा डेल रेअन्तर्गत कोर्नेलाविरुद्धको अन्तिम ३२ को खेल र आइतबार ला लिगाअन्तर्गत इल्चेविरुद्धको खेल गुमाउनेछन् ।