November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

इन्टर मिलानले युभेन्ट्सलाई हरायो

2.7K

काठमाडौं: ‘इटालियन सिरि ए’ मा साविक विजेता युभेन्ट्समाथि इन्टर मिलानले जित निकालेको छ। आइतबार भएको खेलमा इन्टरले युभेन्ट्सलाई २-० गोलले पराजित गरेको हो ।

इन्टरको जितमा अर्टुरो भिदालले १२ मिनेटमा पहिलो गोल गरे। उनले बरेलाको पास गोल गर्न सफल भए। ५२ मिनेटमा बरेलाले नै इन्टरको अग्रता दोब्बर पारे। बरेलालाई गोल गर्न बास्टोनीले पास दिएका थिए।

जितसँगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ। शीर्ष स्थानको एसी मिलानको १७ खेलबाट ४० अंक छ। एक खेल बढी खेलेको इन्टरको पनि ४० अंक नै भएको छ।

Advertisement

तेस्रो स्थानमा उक्लिएको नेपोलीको ३४ अंक छ भने चौथो स्थानको रोमाको पनि ३४ अंक नै छ। १७ खेलबाट ३३ अंक जोडेको युभेन्ट्स पाँचौ स्थानमा झरेको छ।