November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

म्यानचेस्टर युनाईटेड र लिभरपुलले खेले गोलरहित बराबरी

2.3K

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर युनाईटेडले साविक विजेता लिभरपुलसँग बराबरी खेलेको छ । लिभरपुलको मैदानमा गएराति भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

कठिन खेलबाट १–१ अंक बाँडेपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बनाइराख्यो । लिभरपुल भने यो बराबरीपछि चौथो स्थानमा झरेको छ ।

१८ खेलबाट म्यान्चेस्टर युनाईटेडको ३७ अंक भएको छ भने लिभरपुलको ३४ अंक छ । १७ खेलबाट ३५ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिंदा समान ३५ अंक जोडेको लेष्टर सिटी गोल अन्त्रको आधारमा तेस्रो स्थानमा झरेको छ ।

Advertisement

म्यान्चेस्टर सिटीले गएराति क्रिष्टल प्यालेसमाथि ४–० को जित निकाल्यो । खेलमा म्यान सिटीका लागि जोन स्टोन्सले दुई गोल गर्दा इके गुन्डोगान र राहिम स्टर्लीङले एक एक गोल गरे ।