April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘किराँत गोल्डकप फुटबल प्रतियोगिता’ आजदेखि सुरु

2K

पाँचथर । जिल्लाको फिदिममा प्रथम ‘किराँत गोल्डकप फुटबल प्रतियोगिता’ आजदेखि सुरु हुँदै छ । प्रथम वाइवाइ आमन्त्रित प्रतियोगिता फिदिम माविको मैदानमा हुदैछ ।

आयोजकका अनुसार प्रतियोगितामा नेपाल र भारतका ८ टिमले भाग लिएका छन् । आज हुने उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लब र तेह्रथुमको मितेरी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विजेताले ४ लाख ४ हजार ४ सय ४४ र उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

Advertisement

यस्तै, प्लेयर अफ द म्याचले ५ हजार, विधागत उत्कृष्ट खेलाडीले १० हजार र म्यान अफ द सिरिजले २५ हजार पाउनेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजन वाइवाइ चाउचाउले गरेको छ । यो पाँचथर जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता रहेको आयोजकको दाबी छ ।