काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली खेलकुदमा भाग लिन चीन जाने क्रिकेट खेलाडीहरूको बिदाई गरेको छ । आइतबार बिहान काठमाडौंको एक होटलमा एक समारोहबीच क्यानका नवनिर्वाचित पदाधिकारीहरूले चीन जाने खेलाडीहरूलाई बिदाइ गरेका हुन् ।
सन्दीप लामिछाने भने आज जाने टिममा छैनन् । उनीविरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ आज भएको हुँदा सन्दीप चीन नजाने भएका हुन् । यस्तै, चोटका कारण ललित नारायण राजवंशीले पनि एसियन गेम्स नखेल्ने भएका छन् । उनको ठाउँमा सागर ढकाललाई पठाइने भएको छ ।
टोली आज मध्याह्न साढे १२ बजे चाइना एअरलाइन्सको उडानमार्फत हाङ्झाव जानेछन् ।
१९ औं एसियाली खेलको चीनको हाङ्झाउमा भव्य उद्घाटन गरिएको छ । शनिबार हाङझाउ ओलम्पिक रंगशालामा भएको समारोह चीनका राष्ट्रपति सी चिन फिनले उद्घाटन गरेका हुन् ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित रहेको उक्त समारोहमा दुई घन्टासम्म मार्चपास चलेको थियो । ४५ देशका खेलाडीहरूको मार्चपासका लागि ४० मिनेट समय लागेको थियो ।