April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एसिया कप: भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द

1.7K

काठमाडौं । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको आइतबारको खेल वर्षाका कारण रद्द भएको छ । भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएपछि वर्षा सुरु भएको हो ।

त्यसपछि वर्षाका कारण खेल अगाडि बढ्न सकेन । भारत र पाकिस्तानबीच सोमबार पुनः खेल हुनेछ ।

श्रीलङ्काको कोलोम्बोस्थीत आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको भारत र पाकिस्तानबीचको यो दोस्रो खेल हो । सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाको कारण पुरा हुन नसकेर बराबरीमा सकिएको थियो ।

Advertisement

सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरी सुखद सुरुआत गरेको थियो । भारतको भने यो सुपर फोरको पहिलो खेल हो ।

सुपर फोरमा समूह ‘ए’ बाट पाकिस्तान र भारत तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका थिए । एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरिएको छ ।