April 12, 2026, Sunday
२०८२ चैत्र २९
1:37:26 pm

कविता: कोशी

राजकुमार दंगाल इनरुवा, सुनसरी
२०८२ चैत्र २८

905

कोशी नदी जननी हुन्– सन्तती हुन् शाखा !
पूर्वी भागमा गड्गडाउँदै गाउँछन् आफ्नै भाखा !!
दूधकोशीमा तामा–भोटे–सुन–इन्द्रावती !
रफ्तार एउटै मिल्छ, गति नदीहरू जति !!

कोशी कञ्चन अविरल वारिपारि बग्छ !
जल–जङ्गल–जमिन आदि हाम्रो देशका धन !!
सम्पदा हुन् देशकै, ठूला अधिक बग्छ जल !
प्रविधिको प्रयोग गरे देश हुन्छ झलमल !!

mostbet

वर्षा–हिउँद नदीहरू फरक भाका गाउँछन् !
स–साना ती खोलासँग गहिरो प्रीति लाउँछन् !!
मूल नदी अरुण भेट्छन्, त्रिवेणीमा तमोर !
अजम्बरी नाता यिनको सधैँ रहोस् अमर !!

Advertisement

सात नदीको सम्मिलन, कोशी नाम राम्रो !
प्रकृतिको उपहार हो, सुन्दर पहिचान हाम्रो !!
सत्य आखिर तीतो हुन्छ, मान या नमान !
कोशी हाम्रो पहिचान हो, पूर्वेलीको शान !!