काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।
कोलोम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार बल अगाडि सबै विकेट गुमाएर २१३ रन बनाएको थियो । २१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमै सबै विकेट गुमाएर १७२ बलमा अलआउट भयो ।
सुपर फोरको पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा रहेको भारतले अब बंगलादेशसँग खेल्न बाँकी छ । बंगलादेश लगातार दुई खेल हारेर यसअघि नै फाइनल होडबाट बाहिरिसकेको छ ।
अब पाकिस्तान र श्रीलंकाबीच हुने खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।