November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

इटालियन सिरि ए फुटबलमा युभेन्टसको जित

3.9K

काठमाडौं– इटालियन सिरि ए फुटबलमा साविक विजेता युभेन्टसले जित निकालेको छ। युभेन्टसले सासुओलोलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो, आरोन राम्सी र ड्यानिलोले गोल गरे। १० खेलाडीमा सीमित भएको सासुओलोका ग्रगोर डेफ्रेलले गोल फर्काए। खेलको पहिलो हाफको अन्तिम समयमा पेड्रो ओवियाङले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सासुओलो १० खेलाडीमा झरेको थियो।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा तीन गोल गर्दा एक गोल खान पुग्यो। ५० औं मिनेटमा ड्यानिलोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। तर ५८ औं मिनेटमा डेफ्रेलले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याए। ८२ औं मिनेटमा राम्सी र खेलको अन्तिम समयमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३–१ गोलको जित दिलाए।

Advertisement