November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

क्रिकेटर कुन्दन सिंहको निधन

2.3K

काठमाडौं– राष्ट्रिय क्रिकेटर कुन्दन सिंहको निधन भएको छ। महोत्तरी जलेश्वरका कुन्दनको आइतबार निधन भएको प्रदेश २ क्रिकेट संघले जानकारी दिएको छ।

लामो समयदेखि कुन्दन मृगौला रोगी थिए। मृगौला फेल भएपछि उनको उपचारका लागि देश तथा विदेशबाट आर्थिक सहयोग जुटिरहेको थियो। तर विभिन्न समस्याबाट गुज्रिँदै आएका कुन्दनको आइतबार निधन भएको हो।

मृगौला फेल भएकै बेला कुन्दनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसमेत भएको थियो। तर उनले कोरोना भाइरसलाई भने जितेका थिए। प्रदेश २ क्रिकेट संघले क्रिकेट पदाधिकारी, खेलाडी तथा उनलाई बचाउन लागिपरिरहेका अभियन्तामा गहिरो दुःख परेको भन्दै परिवारजनमा समवेदना प्रकट गरेको छ।

Advertisement