March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

एस्टन भिल्लालाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा

3.1K

एजेन्सी: लिभरपुलले एस्टन भिल्लामाथि सहज जित निकाल्दै एफए कपको चौथो चरणमा पुगेको छ । कोरोना संक्रमणका कारण युवा खेलाडीलाई मौका दिएको एस्टन भिल्लालाई लिभरपुलले चार एक गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलका लागि साडियो मानेको दुई, जर्जिन्हो र मोहम्मद सलाहले एक–एक गोल गरे । एस्टन भिल्लाका लोइ बारीले सान्त्वना एक गोल गरे ।

अर्को खेलमा क्रिष्टल प्यालेसलाई एक शुन्यले पराजित गरेको उल्भ्स पनि चौथो चरणमा प्रवेश गरेको छ । खेलको निर्णायक गोल एडम ट्राओरले गरे ।

Advertisement