November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सन्दीप आबद्ध हुरिकेन्स पराजित

4K

काठमाडौं– होबर्ट हुरिकेन्स अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा पराजित भएको छ। सिड्नी थण्डरसँग हुरिकेन्स ३९ रनले पराजित भएको हो।

पर्थ रंगशालामा भएको खेलमा हुरिकेन्सलाई सिड्नीले सहजरुपमा पराजित गरेको हो। १६८ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको हुरिकेन्सले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १२८ रनमात्रै बनाउन सक्यो। हुरिकेन्सका लागि कप्तान पिटर ह्यान्ड्सकोम्पले ३०, बेन म्याकडेर्मोटले २२ र डेविड मलानले २० रन जोडे। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नी थण्डरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो।

Advertisement