April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

साफ च्याम्पियनसिप: नेपालसँग पाकिस्तान १-० गोलले पराजित, नेपाललाई सान्तवना जित

1.9K

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पाकिस्तानलाई १-० गोलले पराजित गरेको छ । मंगलबार कान्तिरभा रंगशालामा भएको प्रतियोगितामा नेपालका लागि निर्धारित समयको ८०औं मिनेटमा आशिष चौधरीले पहिलो गोल गरेका हुन् ।

जारी साफ च्याम्पियनसिपमा नेपालको यो पहिलो जित हो । जितका बाबजुद समूह ‘ए’ को खेलमा नेपालको प्रदर्शन सबै क्षेत्रमा कमजोर रह्यो । यो नतिजापछि नेपालको तीन अंक भएको छ भने पाकिस्तान शून्य अंकमा रह्यो । पाकिस्तानको यो लगातार १२औं हार हो । पाकिस्तानले पछिल्लो पाँच वर्षयता लगातार पराजित बेहोरिरहेको छ ।

फिफाको पछिल्लो वरीयतामा नेपाल १७४औं र पाकिस्तान १९५औं स्थानमा छन् । नेपाल र पाकिस्तान दुबैले समूहगत चरणको आफ्नो अन्तिम खेलेका हुन् । प्रतियोगिताको समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तान यसअघि नै उपाधिको होडबाट भने बाहिरिइसकेका थिए । 

Advertisement

साफ च्याम्पियनसिपको १४औं संस्करण भारतको बैंगलोरस्थित कांतिराव स्टेडियममा भइरहेको छ ।

यसअघि दुई खेलमा लगातार हार व्यहोर्दै प्रतियोगिताको समूह चरणबाट नै बाहिरीसकेको नेपाल सान्वना जितका साथ स्वदेश फर्किने भएको छ।

नेपाली टिममा किरण चेम्जोङ, सनिश श्रेष्ठ, रोहित चन्दर अनन्त तामाङ, विमल पाण्डे, पुजन उपरकोटी (नविन लामा ६६ मिनेट), एरिक विष्ट, लकेन लिम्बु (आवास लामिछाने ८३ मिनेट), अन्जन विष्ट, नवयुग श्रेष्ठ (आयुष घलान ४६ मिनेट), मनिष डाँगी (आशिष चौधरी ७३ मिनेट) रहेका थिए ।