November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आजबाट सुरु हुने साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेदबीच प्रतिस्पर्धा हुने

1.7K

काठमाडौं । आजबाट सुरु हुने साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेदबीच प्रतिस्पर्धा हुँदैछ । भारतको बेंगलोरमा हुने दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा कुवेत आमन्त्रित टिमको रुपमा सहभागी भएको हो। 

नेपाल र कुवेतबीच सन् २०१९ यता पाँच खेल भएका छन्। सन् २०१९ मा कुवेतमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेपछि चार खेलमा कुवेतले जित निकालेको छ। गत वर्ष एसियन कपको छनोटमा कुवेतले नेपालमाथि ४-१ गोलको जित निकालेको थियो।

नेपाली राष्ट्रिय फुटबल टिम गत साता फिलिपिन्ससँग मैत्रीपूर्ण खेलेपछि साफ च्याम्पियनसिपमा भाग लिन नेपाली टिम भारतमा पुगेको थियो।

Advertisement