April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाल बन्यो एसीसी प्रिमियर कप च्याम्पियन

1.1K

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ । मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदान भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेसँगै एसिया कपमा छनोट भएको नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा खेल्नेछ ।

युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो ।

Advertisement

नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे । उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे । दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो । गुल्सनले ८४ बलमा ३ चौका र ६ छक्का तथा भीमले ७२ बलमा ४ चौका हिर्काए । त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भए ।

कप्तान रोहितलाई १ रनमा रोहान मुस्ताफाले शून्यमा बोल्ड गरे भने विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई ८ रनमा युएईका आयान खानले एलबिडब्लू आउट गरे ।

ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा युएईका मुस्ताफाले १ रनमा एलबिडब्लूकै धरापमा पारे । युएई ११७ रनमा अलआउट

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिदा मंगलबारसम्मका लागि स्थगित भएको थियो ।