March 8, 2026, Sunday
२०८२ फाल्गुन २५
1:37:26 pm

एसिया कप क्रिकेट: श्रीलंकालाई पराजित गर्दै भारतले जित्यो उपाधि

2.7K

काठमाडौं । एसिया कप क्रिकेट-२०२३ को उपाधि भारतले जितेको छ। आइतबार कोलम्बोमा भएको फाइनल खेलमा घरेलु टिम श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारत आठौं पटक एसिया कप च्याम्पियन भएको हो। 

टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भयो। श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले विकेट नगुमाइ ६.१ ओभरमा पूरा गर्‍यो।

pin up pinup

भारतका लागि इशान किसनले नटआउट २३ रन र शुभमन गिलले नटआउट २७ रन जोडे। भारतका मोहमद सिराजले ६ विकेट लिए। करिअरको उत्कृष्ट बलिङ गरेका उनले ७ ओभरमा एक मेडन राख्दा २१ रन खर्चिए।

Advertisement

यस्तै हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ विकेट लिए भने जसप्रति बुमराहले १ विकेट हात पारे।