काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको वर्षाका कारण रोकिएको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको नेपाल र युएईबीचको खेल वर्षका कारण स्थगित भएको थियो ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल रोकिएको थियो । आज ९ बजे यहि स्थितिबाट खेल सुरु हुनेछ ।
मौसम पूर्वानुमानअनुसार कीर्तिपुर मैदानमा ठूलो वर्षाको सम्भावना छैन ।
आजको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ । सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ । यस्तो अवस्थामा नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ ।
एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ ।