काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल साउदी अरेबियासँग खेल्दैछ । खेल मुलपानी मैदानमा विहान ९ बजे सुरु हुने तालिका छ ।
समूह ‘ए’ मा रहेको नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो । कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो । समूहको शीर्ष स्थानमा रहेको नेपालले आजको खेलमा जित हात पारे सेमिफाइनल पुग्नेछ ।
नेपाल र साउदीबीच २०१२ पछि प्रतिस्पर्धा हुन लागेको हो । २०१२ मा अबुधावीमा एसिसी ट्रफीको खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो ।