November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

टोटेनहम शीर्ष तीनमा

5.4K

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले लिड्स युनाईटेडविरुद्ध सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा टोटेनहमले लिड्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमलाई जित दिलाउन ह्यारी केन, ह्युङ मिन सन र टोबी एल्डरवायर्ल्डले एक(एक गोल गरे ।
पहिलो हाफको २९ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४३ औं मिनेटमा सनले गोल गर्दा टोटेनहम पहिलो हाफमा २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ५० औं मिनेटमा टोबीले गोल गर्दै घरेलु टोलीलाई ३-० को जित दिलाए । टोटेनहमको मैदानमा बल पोजिसनमा पकड जमाएपनि लिड्सले गोल भने गर्न सकेन । गोलका लागि केहि अवसर पाएपनि लिड्सका खेलाडी चुकेका थिए ।

Advertisement

यस्तै खेलको अन्तिम केहि समय टोटेनहम १० खेलाडीमा समेटिएको थियो । म्याट दोहेर्टीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटिएको हो ।

घरेलु मैदानको जितसँगै टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ । टोटेनहमले १६ खेलमा २९ अंक जोडेको छ ।

लिड्स २३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।