November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भारतीय क्रिकेट टिमका पाँच खेलाडीलाई आइसोलेसनमा

2.4K

काठमाडौं–अस्ट्रेलियामा रहेको भारतीय क्रिकेट टिमका पाँच खेलाडीलाई आइसोलेसनमा राखिएको छ। कोरोना भाइरस (कोभिड–१९) को प्रोटोकल भंग गरेको भन्दै रोहित शर्मा, रिषभ पन्तसहति पाँच खेलाडीलाई आइसोलेसनमा राखिएकाे हो।

मेलबर्नस्थित खेलाडी बसिरहेको होटल बाहिर गएर रेस्टुरेन्टमा खानेकुरा खाएको भिडियो सामाजिक सञ्जालमा खेलाडीहरुले पोष्ट गरेका थिए। कोरोना भाइरसको प्रोटोकल तोडेको भन्दै रोहित शर्मा, रिषभ पन्त, सुबमन गिल, पृथ्वी शो र नभदिप शैनीलाई आइसोलेसनमा राखिएको हो।

आइसोलेनमा राखिएका खेलाडीहरुलाई टिमसँग सामूहिक अभ्यास गर्नमा प्रतिबन्ध लगाइएको छ। तर उनीहरुले सेल्फ अभ्यास भने गर्न पाउने छन्। कोरोना भाइरसको प्रोटोकल भंग गरेको भन्दै क्रिकेट अष्ट्रेलिया र विसिसिआईले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ।

Advertisement

चार खेलको टेस्ट क्रिकेट सिरिजमा भारत र अस्ट्रेलियाले १–१ को बराबरी बनाएको छ।