April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

फिफा विश्वकपको इतिहासमै पहिलोपटक महिला रेफ्रीले खेल सन्चालन गर्दै

2.1K

– शारदा भुजेल

दोहा । फुटबलको महाकुम्भ फिफा विश्वकपको इतिहासमै पहिलोपटक महिला रेफ्रीले खेल सन्चालन गर्ने भएका छन् । बिहीबार हुने जर्मनी र कोस्टारिकाबीचको खेलमा पहिलोपटक तीन महिला रेफ्रीले खेल सन्चालन गर्ने भएका हुन् ।

जर्मनी र कोस्टारिकाबीचको खेलमा स्टेफिन फ्रापपार्ट मूख्य रेफ्रीको भूमिकामा हुनेछिन् भने सहायक रेफ्रीमा नेउजा ब्याक र कारेन डियाज हुनेछन् ।

Advertisement

विगतका विश्वकपमा पुरुषहरू मात्र फिफा रेफ्रीको भूमिकामा हुन्थे, तर यसपटकको विश्वकपमा भने महिला रेफ्रीले पनि खेल सञ्चालन गर्ने भएका हुन् ।